काम नगर्ने कर्मचारीमाथि निगरानी भइरहेको छ

कास्की । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीमाथि निगरानी भइरहेको बताएका छन् । मंगलबार पोखरामा मन्त्री पण्डितले भने, ‘काम नगर्ने कर्मचारीमाथि निगरानी भइरहेको छ । मन्त्रालयमा सिसी क्यामरा जडान गरेको छु । मैले मोबाइलबाट जहाँ बसेर पनि हेर्छु । ‘ उनले आफू जुनसुकै बेला छड्के जान सक्ने समेत चेतावनी दिए ।

मन्त्री पण्डितले सरकारी कर्मचारीले अवकासपछि तुरुन्तै एनजिओमा काम गर्ने गरेको र राष्ट्रको सूचना चुहावट गर्ने गरेको पाइएको भन्दै अवकासको दुई वर्षभित्र कुनै पनि संस्थामा आवद्ध हुन नपाउने बताए ।

अवकासपछि सरकारी कर्मचारीलाई स्वदेशमै काम गर्ने वातावरण मिलाउने उल्लेख गर्दै भने, ‘राष्ट्रसेवक जो विशिष्ट श्रेणीबाट रिटायर्ड भएका छन् उनीहरु बाँचुञ्जेल राष्ट्रको सल्लाहकार हो । विदेशीहरुले कन्सल्ट्यान्टमा हात हालेका छन्, त्यो स्वदेशी राष्ट्रसेवकले नै गर्ने व्यवस्था मिलाउँदै छु ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु