कारागारमा रहेका चौधरीको संसदमा अाफ्नो कहानी सुनाउने इच्छा

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका नेताहरुले जेल सजायँ व्यहोरिरहेका सांसद रेशम चौधरीलाई भेटेका छन् । नयाँ शक्तिका नेताहरु नवराज सुवेदी, हिसिला यमी र दुर्गा सोबले आइतबार बिहान डिल्लीबजारको सदरखोर कारागारमा पुगेर टिकापुर घटनाको अभियुक्तका रुपमा जेल सजायँ भोगिरेहका सांसद चौधरीसँग भेटघाट गरेका हुन् । यसअघि चौधरीले नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गर्न मन लागेको आशयसहितको पत्र पठाएका थिए ।

संयोजक डा. भट्टराईको कार्यव्यस्तताको कारण नयाँ शक्तिको नेतात्रयले सांसद चौधरीलाई भेटेका हुन् । भेटमा चौधरीले आफू निर्दोष रहेको भन्दै आफूमाथि लगाइएको आरोप झूटो बताएको नयाँ शक्तिकी नेतृ दुर्गा सोबले जानकारी दिइन् । आफू उत्पीडित जाति समुदायबाट भएकै कारणले निर्दोष हुँदाहुँदै पनि सजायँ व्यहोर्नुपरेको सांसद चौधरीले गुनासो गरेको नेतृ सोबले बताइन् ।

‘घटना घट्दा म घटनास्थलमा नै थिइनँ, तर मलाई तारो बनाएर आरोप लगाइयो,’ चौधरीले गुनासो गरे । ‘ममाथि लागेको झूटो आरोपको कहानी समय आएपछि म संसदमा सुनाउन चाहन्छु,’ चौधरीको भनाई उद्धृत गर्दै नयाँ शक्तिकी नेतृ हिसिला यमीले भनिन्, ‘पहिचानविरोधी पार्टीका नेताहरुले आफूलाई कुनै बेला धम्क्याउने र कुनै बेला फकाउने गरिरहेका छन् ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु