अष्ट्रेलिया पीआरको लागि यस्तो आउँदैछ नयाँ नियम

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले पीआरको लागि नयाँ नियम ल्याउने भएको छ । नयाँ नियम अनुसार पीआरकोको लागि अब ‘अंग्रेजी बोलचाल ‘ परिक्षा हुनेछ । यो परिक्षा मौखिक हुने बताइएको छ ।

एसबिएस न्युजले नागरिकता मन्त्री एलन टजले उक्त कुराको खुलासा गरेको बताएको छ । एसबिएस न्युजसंगको कुराकानीमा मन्त्री एलन टजले भनेका छन् ,’ अष्ट्रेलियामा रहेका व्यक्ति मध्ये १० लाख जना अंग्रेजी भाषा बोल्न नसक्ने पाइएको छ ।

यसले समाज तथा देशलाई त असर गर्छ नै, उनीहरु स्वयंलाई पनि असर गर्छ । त्यसैले पीआरको लागि अंग्रेजी बोलचाल सम्बन्धि मौखिक परिक्षा नियम ल्याउने धारणा बनाइएको हो ‘ ।

मन्त्री टजका अनुसार अष्ट्रेलियामा अंग्रेजी भाषालाई प्रयोग गरिने हुँदा अंग्रेजी भाषा बोल्न नसक्ने व्यक्तिहरुलाई काम खोज्न , समाजमा घुलमिल हुन, देशको नियम-कानुन बुझ्न मुस्किल पर्छ । त्यसले स्वयं व्यक्ति, समाज तथा देशलाई असर गर्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु