असार १० देखि नाडेप लघुवित्तको ४ करोड ८० लाखको आइपीओ आउँदै

काठमाडौं । धादिङको गजुरीमा प्रधान कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्न लागेको छ । नाडेपले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल आइपीओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता शेयर सुरक्षित गरेको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु