यसपाली पनि प्रधानमन्त्री अोली हिमालयकै जहाजबाट चीन जाने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि गर्ने जनवादी गणतन्त्र चीनकाे भ्रमणमा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सकाे जहाज प्रयाेग नगर्ने भएका छन्। तिब्बत एयरलाइन्स र आङ छिरिङ शेर्पा संयुक्त लगानीकाे हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री अाेली चीन जाने निश्चित भएकाे हाे।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘भारत जाँदा हामीले नेपाल एयरलाइन्स प्रयोग गरेका थियौं, अब चीन जाँदा हिमालय एयरलाइन्स प्रयोग हुन्छ।’ नेपाली निजी लगानीकर्तालाई प्रवर्द्धन गर्दा अन्यथा लिनु नहुने उनकाे भनाइ थियाे। हिमालयकाे जहाज पैसा तिरेर प्रधानमन्त्रीले चीन भ्रमणमा प्रयाेग गर्ने उनले जानकारी  दिए।

अाेलीले सन् २०१६ मा चीनकाे भ्रमण गर्दा पनि राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स प्रयाेग गरेका थिएनन्। त्यतिबेला पनि उनी हिमालयकै जहाजबाट चीन गएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु