‘सभामुख र उपसभामुखलाई हटाउने कानुनी प्रावधान नै छैन’

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य दीनानाथ शर्माले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख र उपसभामुख मध्ये एक जनाको राजीनामा माग्ने काम जायज नभएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबको सक्षात्कारमा नेता शर्माले सभामुख र उपसभामुखलाई हटाउन कानुनी प्रावधान नै नरहेको पनि बताए । उनले सभामुख र उपसभामुख दुवैले दलबाट राजीनामा दिएकाले उनीँहरुलाई हटाउन संविधान र कानुनका दृष्टिले पनि नमिल्ने तर्क गरे।

नेता शर्माले संविधान र कानुनको परिधि भित्र रहेर निर्वाचित भएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई राजनीतिक सहमतिको आधारमा हटाउन नमिल्ने पनि स्मरण गराए। नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल हुने दावी समेत गरे।

Comments

comments

सम्बन्धित शिर्षकहरु