‘प्रधानमन्त्रीले चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउनुपर्छ’

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउनु पर्ने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले प्रधामन्त्री ओलीको चीन भ्रमणको स्वागत गरेका छन्।

उनले नेपाल चीनबीच विवादित मानिएको लिपुलेकका बारेमा कुरा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘चीनले नेपालको अहित हुने काम नगर्ने भन्दै त्यसबारेमा कुरा उठाउन आग्रह गरेका हुन। ‘चीनले नेपालको अहित हुने कार्म गर्न सक्दैन,’ उनले भने, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गरे त्यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने उनको भनाइ थियो। चीनको सहयोगमा रेल सेवा विस्तारका लागि सम्झौंता गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए। चीन र भारत दुवै मुलुकबाट रेल सेवा विस्तार गर्नु नेपालको हितमा हुने नेता भण्डारीको भनाइ छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु