‘म २२२ मिलियनको लायक थिइनँ’

एजेन्सी । ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मन(पीएसजी)का स्टार नेमारले अाफू २२२ मिलियन युरोको लायक नभएको बताएका छन‍्। विश्वकपअघि स्पोक्स म्यागेजिनसँग कुराकानी गर्दै नेमारले विश्वको ध्यान अाफ्नो ट्रान्सफर रकममा भएपनि अाफूले भने ट्रान्सफर रकममा गर्व नगरेको बताएका छन्।

नेमार विश्वकै महँगो खेलाडी बन्दै २२२ मिलियन युरोमा बार्सिलोनाबाट जर्मन गएका थिए। ‘पीएसजीले मेरा लागि ठूलो पैसा खर्च गरेको हो,’ नेमारले भने, ‘म पैसाका निमित्त हैन, अरुभन्दा अरु भन्दा फरक बनौं भनेर यहाँ अाएको हुँ।’ ‘मलार्इ ट्रान्सफर रकम(२२२ मिलियन युरो) र विश्वको महँगो खेलाडी हुँ भन्नेमा गर्व छैन,’ उनले थपे, ‘व्यक्तिगत रुपमा म अाफूलार्इ त्यति पैसा तिर्दैन थिए।’

अाफूले सधैँ विशेष बन्न चाहेको बताउँदै उनले भने, ‘११ वर्षको उमेरदेखि क्लबबाट खेल्दा नै मैले अाफूलार्इ स्पेशल देखाउन चाहेको थियो। त्यसबेला देखि नै मैले अाफ्नो लक्ष्य पूरा गर्न हरेक दिन अाफ्नो उत्कृष्ट दिदैँ अाएको थिए।’

Comments

comments

सम्बन्धित शिर्षकहरु