सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैंयाले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७९० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु