असारको पहिलो हप्ता एसईईको नतिजा

काठमाडाैँ । प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ। उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले नतिजा एक हप्तापछि नै प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए।

अब उत्तर पुस्तिकाको प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी छ। एक हप्ता भित्र त्यो काम पनि सकेर नतिजा प्रकाशन गरिने रेग्मीको भनाई छ। यस वर्षको एसइईमा नियमिततर्फ चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ २४ हजार परीक्षार्थी सहभागी भएका थिए। प्राविधिकतर्फका आठ हजार विद्यर्थीले पनि एसइई दिएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु