विश्वकपको पुर्वसन्ध्यामा स्पेनी टिममा हलचल

काठमाडौँ । स्पेनलाई विश्वकपको पुर्वसन्ध्यामा ठुलै झट्का लाग्यो । रियल मड्रिडमा अनुबन्ध भएको भन्दै स्पेनिस फुटबल कमिटीले प्रशिक्षक जुलेन लोपेतेगुईलाई बर्खास्त गर्यो । विश्वकपप्रति गम्भिर नभएको भन्दै उनलाई हटाउन बाध्य भएको कमिटीले जानकारी बतायो । जुलेन रियलको प्रशिक्षक भएको २४ घण्टा नबित्दै बर्खास्तमा परे ।

तर, स्पेनले उनलाई हटाउने बित्तिकै नयाँ प्रशिक्षक पनि नियुक्त गरिहालेको छ । स्पेनको राष्ट्रिय टोलीको जिम्मेवारी अब फर्नानडो हिइरोलाई सम्हाल्ने भएका छन् । उनी रियलका  पुर्व खेलाडी हुन् । विश्वकपको पुर्वसन्ध्यामा स्पेनले गरेको यो निर्णयले उसको टोलीलाई के कति असर पुर्याउने हो त्यो भने विश्वकपमा देख्नै बाँकी रहेको छ ।

विश्वकप दाबेदार मानिएको स्पेनलाई यो निर्णयले फाइदा पुर्याउछ वा नोक्सानी हुने हो यो सबैको चासोको विषय बनेको छ । स्पेनले आइतबार पहिलो खेल पोर्चुगलविरुद्ध खेल्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु