विश्वकपको पहिलो दिनः विश्वको नजर लुज्निकी स्टेडियममा

एजेन्सी । विश्वकपको उद्घाटन हुने यस स्टेडियममा विश्वको नजर रहेको छ । फिफा विश्वकपमा सर्वाधिक महत्व बोकेको लुज्निकी स्टेडियम रसियाको राजधानीमा छ। यो युरोपकै सबैभन्दा ठूलोमध्येको एउटा रंगशाला हो। यो मोस्कभा नदीको छेउमा अवस्थित रहेको छ। दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन्।

सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो। पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो। ४ सय मिलियन अमेरिकी डलर निर्माण खर्च रहेको यस रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ।

यस स्टेडियममा फिफा विश्वकपको ७ खेल हुनेछ। यस रंगशालामा रसिया र साउदी अरेबियाले जुन १४ मा हुने उद्घाटन खेल खेल्नेछन् । जर्मनी र मेक्सिकोले जुन १७ मा, पोर्चुगल र मोरक्कोले जुन २० मा, डेनमार्क र फ्रान्सले २६ जुनमा, राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल हुनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु