को-को जाँदैछन् प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गते अर्थात् जुन १९ देखि उत्तरी छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक मिति सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङकोऔपचारिक निमन्त्रणामा ६ दिने चीन भ्रमणका लागि जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीका साथमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत सांसदहरु र उच्च पदस्थ सरकारी अधिकारीहरु भ्रमण दलमा रहनेछन् ।

भ्रमणका क्रममा केरुङ-काठमाडौं रेलमार्ग, जलविद्युत आयोजना, सडकमार्ग र केहि व्यापारिक नाका खुलाउने विषयमा सहमति हुने बताइएको छ । प्रधानमन्त्री ओली असार १० गते अर्थात् जुन २५ मा स्वदेश फर्कनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु