बाजेको सेकुवामा गृह मन्त्रालयको छापा, यस्तो छ कारण

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित सरकारी समितिले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका विभिन्न आउटलेटमा छापा मारेको छ । काठमाडौंका विभिन्न स्थानमा संचालित बाजेको सेकुवाको ६ वटा आउटलेटमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले छापा हानेको हो ।

सुन तस्करी काण्डमा सेकुवामा मालिक चेतनाथ भण्डारीमाथि जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएपछि उनी फरार छन् । उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेट शिल गर्ने काम भएको समितिका संयोजक पौडेलले जानकारी दिए । सेकुवामा रहेका ग्राहकलाई नै बाहिर निकालेर गृहले छापा हानेको हो । समितिले मोरङ जिल्ला अदालतको आदेशमा छापा हानेको हो ।

भण्डारी र उनको सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका आउटलेटमा शिल गर्नुका साथै अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने स्रोतले बताएको छ ।

सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु