कडा प्रश्न सोध्दा सञ्चारमन्त्री आक्रोशित ‘सिधा प्रश्न ’बन्द,भएको चाहिँ के थियो ? (भिडियो सहित)

काठमाडौं । नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको “सिधा प्रश्न ?” नामक बहस कार्यक्रम बन्द भएको छ । कार्यक्रम संचालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुठ बोलेको रहस्य खुलेपछि कार्यक्रम नै बन्द गरिएको आरोप लागेको छ । कार्यक्रम संचालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताउँदै आएका छन् ।

हुनत वर्तमान सञ्चारमन्त्री बाँस्कोटा पत्रकार नै हुन् । उनी अझैसम्म पनि नेपाल पत्रकार महासंघको सदस्य छन् । कार्यक्रम सञ्चालक थापाले कम्युनिस्ट सरकारका मन्त्रीहरुको दाइजोको प्रसंग उठाएपछि मन्त्री आक्रोशित हुँदै जाँदा अन्ततः कार्यक्रम नै बन्द भयो ।

मन्त्री बाँस्कोटासंगको कार्यक्रममा भएको चाहिँ के थियो त ?
मन्त्री – कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईँ बताइदिनु त मलाई।
सञ्चालक – तपाईँहरु त दाइजो विरोधी।
मन्त्री – दाइजो भनेर क–कसले राख्या छ ?
सञ्चालक – दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – श्रीमतीको विवाहमा आएको रे ?
सञ्चालक – विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – कति राख्या छ ?
सञ्चालक – तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ।
मन्त्री – हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक – माइतीबाट
मन्त्री – छैन। तपाईँ झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक – म तपाईँलाई देखाइदिउँ ?
मन्त्री – मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो ? १७ तोला
सञ्चालक – तपाईँको सम्पति विवरण मसँग छ सर ।
मन्त्री – ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक – तपाईँको सम्पति विवरणमा ।
मन्त्री – ठीक छ, राख्नुस्।
सञ्चालक – १७ तोला सुन
मन्त्री – हो।
सञ्चालक – र ६० तोला चाँदी चाहिँ
मन्त्री – हो।
सञ्चालक – विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ।
मन्त्री – हो।
सञ्चालक –अघि हैन भन्नुभो।
मन्त्री – हो दिएको हो। तर सबै दिएको हैन।

Comments

comments

सम्बन्धित शिर्षकहरु