रसियामा रंगशाला वरिपरीका स्थानीयलाई सास्ती, झ्यालबाट हेरे गोलीसम्म हान्न सक्ने

एजेन्सी । संसारकै सबैभन्दा लोकप्रिय मानिने खेल फुटबलको महाकुम्भ केहीदिनमै रसियामा सुरु हुँदैछ । तर, रसियाकै एक शहर येकातेरिनबर्गमा बसोबास गर्नेहरुका लागि फिफा विश्वकप अफ्ट्यारो बन्न पुगेको छ । सुरक्षालाई मध्यनगर गर्दै उनीहरु घरमै नजरबन्दमा परेका छन् । सुरक्षा व्यवस्थालाई चुस्त बनाउने भन्दै त्यहाँको प्रशासनले विश्वकप म्याचकालागि शहरमा बसोबास गर्ने स्थानीय नागरिकलाई अफ्ट्यारोमा पारेको छ । अझ येकातेरिनबर्ग शहरका स्टेडियम वरपर बस्ने मानिसका लागि स्थिति अझै खराब छ ।

पछिल्लो केही महिनादेखि येकातेरिनबर्गमा फुटबल रंगशाला नजिक बस्ने मानिसहरुलाई मुख्य सडक, घरको छत, घरको मुख्य द्वारमा समेत बस्न दिइएको छैन । अझ उनीहरुलाई पार्किङको सुविधामा पनि रोक लगाएको छ । फुटबल रंगशाला रहेको स्थान रिहायशी इलाका यति नजिक छ कि उनीहरुले घरको झ्यालबाट पनि मैदानमा चलिरहेको खेल हेर्न सक्छन् । यस्तो अवस्थामा प्रशासनले कुनै पनि प्रकारको हमला हुन सक्ने भन्दै इलाकाको बीचमा तारेबार लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरेको छ । त्यस्तै रंगशाला र रिहायशी क्षेत्र‍लाई घेरेर तीन मिटर अग्लो पर्खाल लगाइएको छ ताकि उनीहरु घरमै बसेर म्याच हेर्न नसकुन् ।

यस रंगशालामा विश्वकपको चार वटा खेल हुनेछन् । विश्वकप १४ जुलाईमा सकिने भएपनि स्थानीय मानिहरुलाई उक्त प्रकारको रोकावट अगस्टसम्म जारी रहनेछ । प्रहरीले मानिसहरुलाई झ्यालबाट बाहिर हेर्न समेत प्रतिबन्ध लगाएको छ । प्रहरीले भनेको छ कि यदि कसैले झ्यालबाट हेरेमा गोली समेत हान्न सक्छौं । रंगशाला नजिकै रहेको १२ तले अपार्टमेन्टको झ्यालबाट मानिसहरुले खेल हेर्न सक्छन् ।

यहाँकी एक स्थानीय नागरिक एलीना मोरमोलले भनिन् , ‘हामी त यहाँ चिडियाघरमा बसिरहेका छौं र हाम्रो घरको मुख्य द्वार नै भन्द छ ।’ यद्यपी १५ लाख मानिसहरु बसोबास गर्ने येकातेरिनबर्ग शहरमा मात्र होयन अन्य शहरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । अर्को शहरमा बसोबास गर्ने एक नागरिक येवेजिनी चेर्नोवले भने, ‘यो सबै मानिसहरु वा प्रशंसकहरुका लागि मात्रै भइरहेको छैन । यो त सुरक्षा अधिकारीहरुको काम हो । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ उनको रंगशाला नजिकै एक पसल छ । तर, सुरक्षा घेरो र अवरोधक लगाएपछि उनको कमाईमा आधा कमी आएको छ । यस बाहेक चेलियाबिन्सक स्थित स्थानीय हवाईअड्डामा पनि विश्वकपको क्रममा स्थानीय मानिसहरुका लागि विदेश जान रोक लगाउन सक्ने बताइएको छ । जसको अवधि ३ देखि ४ दिनसम्म हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु