अमेरीकाले दक्षिण कोरियामा भइरहेको युद्धअभ्यास रोक्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा हुने गरेको संयुक्त युद्ध अभ्यास रोक्ने बताएका छन्। उनले दक्षिण कोरियाबाट सेना फिर्ता लिन चाहेको पनि बताए। दक्षिण कोरियामा झण्डै ३० हजार अमेरिकी सेना छन्।

‘म हाम्रो सेनालाई त्यहाँबाट बाहिर निकाल्न चाहन्छु। म हाम्रो सेनालाई आफ्नै घरमा फिर्ता ल्याउन चाहन्छु,’ ट्रम्पले किम जोङ उनसँगको शिखरवार्तापछि सिंगापुरमा भने, ‘तर यो अहिलेको समीकरणको हिस्सा होइन। मलाई आशा छ, अन्ततः यस्तो हुनेछ।’

ट्रम्पले युद्ध अभ्यास रोक्न आफू सहमत भएको पनि बताए। युद्ध अभ्यास ‘उत्तेजक’ हुने भन्दै उनले त्यसमा ‘ठूलो मात्रामा खर्च’ पनि हुने गरेको बताए। पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर कोरियामाथिको नाकाबन्दी हाललाई कायम रहने जनाए।

‘जब हामी आणविक हतियार मुद्दा होइन भन्नेमा निश्चित हुन्छौँ, तब नाकाबन्दी हट्नेछ,’ ट्रम्पले भने। किमलाई आफूले विश्वास गरेको पनि उनले बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु