ट्रम्पद्वारा उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी, किमले आणविक हतियार त्याग्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच मंगलबार सिंगापुरमा ऐतिहासिक शिखरवार्ता सम्पन्न भयो। सो क्रममा दुवै नेताले संयुक्त रुपमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरेका छन् भने त्यसको बदलामा किमले आणाविक निशस्त्रीकरणको प्रतिबद्धता गरेका छन्।

‘अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्ीवपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले विस्तृत, गहिरो र व्यापक छलफल गर्नुभयो,’ सम्झौतामा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टीको वाचा गर्नुभएको छ भने अध्यक्ष किम जोङ उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निशस्त्रीकरणको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ।’

किमले यो सम्झौतामा अप्रिल २७ को पान्मुन्जोम घोषणापत्रकै प्रतिबद्धता दोहोर्‍याएका छन्। केही महिनाअघि मात्र एकअर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका किम र ट्रम्प दुवैले आगामी दिनमा संवादलाई निरन्तरता दिने बताउँदै यो शिखरवार्ता सफल र ऐतिहासिक भएको टिप्पणी गरेका छन्। ‘संसारले एउटा मुख्य परिवर्तन देख्नेछ,’ हस्ताक्षरपछि किमले भनेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु