जर्मनीका क्रेजी फ्यानले जग्गै बेचेर बनाए साढे पाँच किलोमिटर लामो जर्मनीको झण्डा

एजेन्सी । विश्वकप सुरु हुन अब २ दिनमात्र बाँकी रहेको छ । यसको सरगर्मी लगातार बढीरहेको छ । विश्वभर रहेका फ्यानहरुबारे पनि अजबगजबका घटनाहरु बाहिर आइनै रहेका छन् । एक यस्तै घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । एक बंगलादेशी समर्थकले साढे ५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएर सबैलाई आश्यर्चमा पारेका छन् ।

जर्मनीका फ्यान रहेका अम्जाद हुसेन नाम गरेका ६९ वर्षीय ति फयानले यस्तो अनौठो कार्य गरेर सबैलाई आश्चर्यमा पारेका हुन् । सन् २००६ को विश्वकप पछि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका थिए ।

यसपटकको विश्वकप सुरु हुन अघि भने उनले सो झण्डालाई अझ ठूलो बनाउन चाहिने कपडा खरिद गर्न आफ्नो जग्गा समेत बिक्री गरेको मिडिया रिपोर्टमा उल्लेख छ। उनले भनेका छन्,यदि विश्वकप फुटबलमा जर्मनी दोस्रो चरणमा पुग्छ भने सो झण्डाले स्थानीय क्षेत्रमा रहेको रंगशालालाई घेर्ने लामो झण्डा बनाउनेछु ।

Comments

comments

सम्बन्धित शिर्षकहरु