विश्वकपका लागि अर्जेन्टिनी खेलाडीले लगे घरबाटै खाना, यस्तो छ कारण

एजेन्सी । फिफा विश्वकप जुन १४ बाट सुरु हुँदैछ । यसैबीच सहभागी सबै ३२ टीम रसिया पुगिसकेका छन् । यसक्रममा अर्जेन्टिनाको टीमको एक खबरले अचम्ममा पारेको छ । बताइएअनुसार अर्जेन्टिनाका खेलाडीले आफूसँग ‘घरमा बनाइएको खाना’ प्याक गरेर लगेका छन् । यतिसम्म कि उनीहरुले कुक समेत अर्जेन्टिनाबाट लगेका छन् ।

रुसमा अर्जेन्टिनाका राजदूत रिकार्डो लगोरियोले भने, ‘यो कुरा सत्य हो । राष्ट्रिय टीमका सदस्यले साथमा खाना पनि ल्याएका छन् । यसको उद्देश्य भनेको घरको जस्तो माहौल होस् भन्नु हो । जसकारण विश्वकपमा राम्रो खेल प्रदर्शन गर्न सकुन् ।’

यसपटक अर्जेन्टिनाको आशा कप्तान लियोनल मेस्सीमा टिकेको छ । सन् २०१४ को विश्वकपमा मेस्सीको टीम फाइनलमा पुगेको थियो । जर्मनसँग पराजित भएपछि उपविजेतामै चित्त बुझाएको थियो ।

हालसम्म अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु