पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचना वाचन अन्तर्गतको बाइसौं श्रृङ्खला सम्पन्न

असनेपालन्युज । पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचना वाचन अन्तर्गतको बाइसौं श्रृङ्खला २२ जना साहित्य प्रेमीहरुको उपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा साहित्य अनुरागिहरु प्रा. राजेन्द्र सुवेदी, पुष्कर लोहनी, दिब्य गिरी, मन्जुश्री के. सी. प्रधान `रानू´, राम बहादुर पहाडी, ढुन्डीराज पोखरेल, देवु लुइँटेल, शारदा घिमिरे `भैल´, बिन्दु अधिकारी `ढकाल´, कल्पना काफ्ले, राजबाबु श्रेष्ठ `सागर´, मुकुन्द न्यौपाने, उमा दाहाल, टि. एन. भट्ट, देवा अधिकारी, निकेत ढकाल, ओजस्वी गौतम, मदन कार्की, बिवेक अज्ञात र डा. प्रदीपकुमार मैनाली `स्वनाहम् ´ले रचना वाचन गरेका थिए ।

उपत्यकामा धेरै साहित्य संस्थाहरु बीच अस्वस्थ प्रतिस्पर्धा जस्तो वातावरण भैरहेको अवस्थामा बिना डाकबोलाउ स्वतस्फूर्त रूपमा सर्जकहरु उपस्थित हुनु ठुलो गौरव हो भनिएको यस कार्यक्रममा कार्यक्रमको अन्तसम्म लगभग सबै सर्जकहरु रहेका थिए । साहित्य संस्थाहरु बिच पनि गुटबन्दी, प्रशंसा पत्र, पुरस्कार लेनदेनको ब्यापार, मंच पाए मात्रै जाने जस्ता कुन्ठित होडबाजी चलिरहेको अवस्थामा पुष्पपराग जस्तो साहित्यिक संस्था आजको आवस्यकता रहेको कुरा साहित्यकार पुष्कर लोहनीले बताउनुभयो। लोहनीले मुक्तक, हाइकुको शास्त्रिय पक्षमा पनि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा वाचित रचनाहरु माथि बरिस्ठ समालोचक प्रा. राजेन्द्र सुवेदीले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । सुवेदीले भन्नुभयो `मनका कुरालाई शब्दमा लिपिबद्द गर्दैमा साहित्य हुँदैन, साहित्य हुनलाई बिधागत सिद्धान्त अनुरुप अभिव्यक्त हुनुपर्छ´। बिम्ब, लक्ष्यणा, ब्यन्जना, प्रतिक को जादुमय, बक्रात्मक, भावपुर्ण सुललित अभिव्यक्ति नै साहित्य हो, सुवेदीले थप्नुभयो । थोरै सर्जकको उपस्थिति भए पनि गुणात्मक रचनाहरु सुन्न पाएको मा हर्ष विभोर भएँ, उहाँले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रम संस्थाका सदस्य टि. एन. भट्टले संचालन गरेका थिए भने उपस्थित सबैलाई धन्यवाद दिदै नयाँ, सशक्त रचनाहरु आएको र अझै सुन्दर रचनाहरुको सिर्जन होस् भन्ने कामना गर्दै संस्थाका सचिव डा. प्रदीपकुमार मैनाली `स्वनाहम् ´ले कार्यक्रम समापन गर्नुभएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु