र्यापर पोइटको कविता संग्रह `अाकाश´ बजारमा

असनेपाल । र्यापर पोइटको नामले नेपाली साहित्य क्षेत्रमा उदाउँदै गरेका कवि विनोद खत्रीको कविता संग्रह `अाकाश´ बजारमा अाइसकेको छ।कविता,गजल र मुक्तक विधामा कलम चलाउँदै अाएका विनोदका केहि फूटकर रचनाहरु यो भन्दा अगाडि पनि प्रकाशित भएका छन् भने पुस्तकाकार कृतिको रुपमा `अाकाश´कविता संग्रह पहिलो हो।

जम्मा जम्मी २६ अोटा कविता संग्रहित उक्त संग्रहमा मायाप्रेम र सामाजिक कुरुतिका विषयहरुलाई समावेश गरिएको छ। यहि जेष्ठ २६ गते शनिवार दिउसो १ वजे डिल्लीरमण पुस्तकालय,लाजिम्पाटमा एउटा अौपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको सो संग्रहको लोकार्पण समारोहमा संगीत,कला र साहित्य क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुको उपस्थिति रहेको थियो। दिपशन भट्टराईले सञ्चालन गरेको सो समारोहमा गीता उप्रेती सभापति, प्रमुख अतिथि कलानीधि दाहाल र पोष्टराज चापागाईं विशिष्ट अतिथि,प्रकाशक हेमन्त खड्का र दामोदर ढकाल(गौरी पव्लिकेशन),टिका वंजन,विष्णुवावु देवकोटा,वादल घिमिरे,गणेश अग्रवाल,सुनिल अधिकारी,कविता श्रेष्ठ,पुष्कर राउत,राजिव थापा,सुलभ पाण्डे,रोनिल पौडेल लगाएतका अतिथिहरुका साथै कला र साहित्य विधामा अावद्द विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

विमोचित कृतिको भूमिकामै साहित्यकार कलानीधि दाहालले भन्नु भएको छ “विनोदका कवितामा भरैब अर्यालकाे जस्ताे अति राम्रो र सरल शब्द भित्र प्रतीक र विम्वको बेजाेड प्रयोग गरी यथार्थपरक समाज,देशप्रेम माया,रुढीवदी चिन्तन बिरुद्ध अाफ्ना विचारहरु अटाएका छन् उनी परबाट देख्दा गुण्डाे जस्तै लाग्छन् लामाे कपाल बटारिएको जर्रो केशराशि,बाक्ला चर्मखाेल भित्र उनी साच्चै भर्खर टिपेकाे नरिवल जस्तै देखिन्छन् उनकाे यस स्वरुपलाई पर राखेर सिर्जना हेर्दै गयाे भने प्रचण्ड गर्मी याममा सिसा गिलासमा भरेकाे नरिवलकाे रस जस्तै छन् पिइरहुँ जस्तै।”

Comments

comments

सम्बन्धित शिर्षकहरु