विश्वकपमा अत्याधुनिक प्रविधिको प्रयोग,कस्तो बेला भीएआरको प्रयोग हुन्छ ?

एजेन्सी । अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै यसपालि विश्वकप फुटबलमा भीएआर (भर्चुअल एसिस्टेन्ट रेफ्री) प्रविधिको प्रयोग हुँदैछ । भिडियो एसिस्टेन्ट रेफ्रीले यसपालिको विश्वकप फुटबलका ६४ वटै खेलका अफिसियलहरूलाई मद्दत गर्नेछन् भने भीएआरको टिम मस्कोस्थित केन्द्रीकृत भिडियो अपरेसन कोठामा हुनेछ । भिडियो एसिस्टेन्ट रेफ्रीसँग सबै ब्रोडकास्ट क्यामेरा र दुईवटा अफसाइड क्यामेराको पहुँच हुनेछ । यद्यपि भिडियोले खेलमा कुनै पनि निर्णय गर्नेछैन, बरु रेफ्रीलाई कुनै निर्णयमा पुर्याउन मद्दतचाहिँ गर्नेछ ।

के हो भीएआर ?

भीएआर ती व्यक्तिहरूको समूह हो जसले मुख्य रेफ्रीले गरेका निर्णयलाई भिडियो मा रिप्ले हेरेर गल्ती भएको खण्डमा निर्णय लिन सहज बनाउँछ । समूहमा भिडियो एसिस्टेन्ट रेफ्री ९जो खेलमै रेफ्री भैसकेको व्यक्ति हुन्छन्० र उनका सहायकहरू हुन्छन् जो निरन्तर रूपमा भिडियो अपरेसन गर्ने कोठामा रहेर खेललाई निगरानी गरिरहेका हुन्छन् ।

कस्तो बेला भीएआरको प्रयोग हुन्छ ?

१.गोल

खेलका बखत गोल भए–नभएको निर्णय गर्न यो प्रविधिको प्रयोग हुनेछ । अफसाइड र गोलमा भैरहने विवादलाई यसले साम्य गर्ने अनुमान सहजै गर्न सकिन्छ ।

२. पेनाल्टी निर्णय

पेनाल्टी दिने क्रममा कुनै गलत निर्णय हुन नदिन भीएआर प्रविधिको प्रयोग हुनेछ ।

३.रातो कार्ड सोझै दिने अवस्था

खेलाडीलाई सोझै रातो कार्ड दिनुपर्ने अवस्था सिर्जना भए भीएआर प्रविधिमार्फत घटनाको पुनरावलोकन गर्न सकिनेछ ।

४. गलत निर्णय

मुख्य रेफ्रीले अन्जानवश गर्ने गल्ती न्यूनीकरण गरेर त्यसलाई सच्याउन यो प्रविधिको प्रयोग गरिनेछ ।

एभीएआर–१ (असिस्टेन्ट भीएआर)

मुख्य क्यामेरासँगै काम गर्ने एभीएआर–१ ले भीएआरसँग मिलेर खेलको प्रत्यक्ष प्रसारण हेर्दै कुनै घटना भए भीएआरलाई जानकारी गराउनेछन् ।

एभीएआर–२

अफसाइड स्टेसनमा हुने सहायक रेफ्रीले एभीएआर–२ का रूपमा रहँदै अफसाइडको अवस्था आँकलन गर्छन् भने भीएआर चेकको प्रक्रियालाई चुस्त बनाउन भूमिका खेल्छन् ।

एभीएआर–३

टेलिभिजन कार्यक्रमको फिडलाई ध्यान दिँदै यी एसिस्टेन्ट रेफ्रीले भीएआरलाई मद्दत गर्दै भीएआर तथा अफसाइडमा रहेका एभीएआरसँग अन्तक्र्रिया गरिरहनेछन् ।

भीएआर टिम:

भीएआर टिममा एक जना भिडियो एसिस्टेन्ट रेफ्री तथा तीन जना सहायक भिडियो एसिस्टेन्ट रहनेछन् । सबै रेफ्री फिफाको उच्च पदमा रहेका म्याच अफिसियलहरू हुनेछन् ।

२०१८ को विश्वकप फुटबलका लागि फिफाले १३ जना रेफ्रीको चयन गरिसकेको छ जसले भिडियो एसिस्टेन्ट रेफ्रीका रुपमा काम गर्नेछन् ।

भीएआर

भीएआरले मुख्यतस् मुख्य क्यामेराको अवलोकन गर्छन् । पूरै भीएआर टिमको नेतृत्व गर्ने निर्णायक निरन्तर रेफ्रीसँग पनि संवादमै रहनेछन् ।

भीएआरमा क्यामेराको प्रयोग

भिडियो एसिस्टेन्ट रेफ्रीको टिमसँग सबै क्यामेराको पहुँच हुन्छ । यी क्यामेरामा ३३ वटा ब्रोडकास्ट क्यामेरा हुनेछन्, जसमध्ये ८ वटा ‘सुपर स्लो मोसन’ ४ वटा ‘अल्ट्रा स्लो मोसन’ हुन्छन् । यसका अतिरिक्त यो समूहसँग २ वटा अफसाइड क्यामेराको पनि पहुँच हुन्छ, जसको पहुँच उनीहरूबाहेक अरू कसैसँग पनि हुँदैन । त्यस्तै नकआउट चरणमा गोलपोस्टको पछाडि रहने दुईवटा अतिरिक्त अल्ट्रा स्लो मोसन क्यामेराको पहुँच पनि भीएआर टिमसँग हुनेछ । स्लो मोसन क्यामेराको प्रयोग मुख्यतस् खेलाडीबीच हुने शारीरिक प्रक्रिया, जस्तै जानीजानी अर्को खेलाडीलाई धक्का दिँदा कुन ठाउंमा कसरि छोइयो भनेर विश्लेषण गर्न प्रयोग हुन्छ ।

भिडियो एसिस्टेन्ट रेफ्रीले प्रत्येक खेल निरन्तर अवलोकन गर्दै ‘गेम चेन्ज’को अवस्था आए मुख्य रेफ्रीसँग सहकार्य गर्दै निर्णय प्रक्रियालाई सहजीकरण गर्न मद्दत गर्नेछन् । गोल हुँदा, पेनाल्टीको अवसर आउँदा वा कुनै विशेष कारणवश पेनाल्टी र गोल हुँदा, सोझै रातो कार्ड पाउने अवस्था आए वा कुनै गल्ती फेला परे भीएआरको टोली रेफ्रीलाई मद्दत गर्न सधै तत्पर रहनेछ ।

फिफा वल्डकप–२०१८ का रेफ्रीहरूलाई कुन समयमा भिडियो एसिस्टेन्ट रेफ्रीले दिएको जानकारी लिने, कुन समयमा निर्णय लिनुअघि भिडियो फुटेज हेर्ने भन्ने निर्देशन पनि दिइसकिएको फिफाले बताएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु