जनप्रतिनिधि र प्रहरी प्रशासनकै मिलेमत्तोमा सुनकोशी उत्खनन्

काभ्रे  । विगत केहि दिन देखि सुनकोशी नदी किनारबाट प्रशासनकै मिलेमत्तोमा व्यापक रुपमा बालुवा अवैद्ध उत्खनन् गरि तस्करी भइरहेको छ। कोशीपारि जाने पक्की पुलको दुई सय मिटर वरपरबाटै जनप्रतिनिधि समेतको मिलेमत्तोमा दैनिक ५०औं ट्रिपर वालुक निकासि भैरहदा पनि सरोकारवाला निकाय मौन बसेका छ।

स्थानिय बासिन्दाले अवैद्ध वालुवा उत्खनन् भैरहेको भनी प्रहरी प्रशासनलाई बारम्बार जानकारी दिदै तागेता गर्न थालेपछि नदि किनारमा सोमबार प्रहरी पुगेपनि अवैद्ध वालुवा उत्खनन् गर्ने स्थानिय गुण्डा नाइकेहरु र वालुवा लिन गएका ट्रिपरहरु सबैलाई भगाएको छ।

सोमबार प्रहरी पुग्नु अघि नै १५/२० टिप बालुवा तस्करी भैसकेको थियो। अघिल्लो दिन आइतवार पनि बालुवा तस्करी भएको सुचना स्थानीय प्रहरीलाई बारम्बार दिएपनि दिनभर प्रहरी नदी किनारमा पुगेको थिएन्। सोमबार पनि धुलिखेलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) लाई स्थानिय बासिन्दाहरुले चर्को दवाब दिएपछि मात्र झारा टार्ने हिसाबले नदि किनारमा प्रहरी परिचालन गरेको स्थानिय बासिन्दाको आरोप छ। यस्तै तरिकाले सुनकोशी नदिवाट अवैद्ध बालुवा उत्खनन् हुन थालेको वर्षौ वितिसकेको छ।

स्थानीय बासिन्दा जिवन जनिमरुले न्युज अफ नेपाललाई जानकारी दिए अनुसार केहि दिन देखि सुनकोशी नदिको पक्कि पुल र बस्तीको दुईसय मिटर वरपरबाटै व्यापक रुपमा अवैद्ध वालुवा उत्खनन् भैरहेको छ। भुम्लु गाउपालिका वडा नं ८ मा पर्ने दोलालघाट सुनकोशी पारि बाट अवैद्ध उत्खनन् गर्न वडा अध्यक्ष मोतीलाल तामाङले साथ दिइरहेका छन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु