विश्वकपका लागि काठमाडौंमा १० बुँदे सूचना,के छ नियम (सूचना सहित)

काठमाडौं।  विश्वकप शुरु हुनु दुई दिन मात्र बाँकी हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप खेल हेर्नका लागि केही नियम सार्वजनिक गरेको छ । प्रशासन कार्यालयले सोमबार १० बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र फुटबल देखाउन पाइने व्यवस्था समेत गरेको छ।

त्यस्तै फुटबल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसीटिभी राख्नुपर्ने सूचनामा उल्लेख छ। प्रशासनले खेललाई लिएर जीत हारमा बाजी राख्न समेत प्रतिबन्ध लगाएको छ। सूचनामा भनिएको छ ( खेलको हार जीत लगायतको विषयलाई लिएर कुनैपनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन पाइने छैन।

यस्ता छन् प्रशासनको शर्त

खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने ।

प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने ।

खेलको हार जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने ।

सार्वजनिक स्थलमा गरिने प्रदर्शनका हकमा मादक पदार्थ खरिद, बिक्रि, ओसार–पोसार तथा सेवन गर्न गराउन नपाइने ।

निजी व्यवसाय र प्रतिष्ठानका हकमा खेलको विषयलाई समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा निगरानीको व्यवस्था गरिएको हुनु पर्ने ।

सार्वजनिक स्थलमा हुने प्रदर्शनले अव्यवस्थित रुपमा पार्किङ गरी हुन सक्ने ट्राफिक एवं सार्वजनिक आवागमनलाई अवरोध गर्न नपाइने ।

होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने ।

प्रदर्शन स्थलमा भएका कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवार आयोजक आफै हुनु पर्ने छ ।

प्रदर्शन स्थलमा कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजाप्रति आयोजक आफै पूर्ण रुपमा जिम्मेवार हुनु पर्ने छ ।

आयोजकले शान्ति सुरक्षा सम्बन्धि विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु