प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा २१० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । एपीएफलाई उपाधि दिलाउन अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३–६३ रन बनाए । त्यस्तै, पृथु बास्कोटाले ३२ रन बनाए ।

अार्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१.२ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो। प्रदीप एेरी र अनिल साहले अर्धशतकीय पारी खेल्दै एपीएफलार्इ च्याम्पियन बनाएका थिए। अनिल र प्रदीपले ६३-६३ रन जोडे। यस्तै पृथु बास्कोटाले ३२ तथा रोहितकुमार पौडेल र करण केसीले १५-१५ रनको नटअाउट पारी खेले।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अार्मीले निर्धारित ५० अोभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। उसका भीम सार्कीले सर्बाधिक ४५ रन जोडे। त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे। उनीसँगै सोमपाल कामीले ३६, विनोद भण्डारीले ३५, राजेश पुलामीमगरे २७ र नरेश बुढाएेरले २० रन जोडे।

बलिङमा एपीएफका करण केसीले ३ विकेट लिए। १० अोभर बलिङ गरेका उनले २ अोभर मेडन राख्दै ३८ रनमात्रै खर्चे। यसतै भुवन कार्की र बसन्त रेग्मीले २-२ विकेट हात पारे। राष्ट्रिय खेलकुद परिषद र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु