सोमबार सेयर बजारमा सुधार

काठमाडौं । केहि समयदेखि लगातार घटिरहेको सेयर बजारमा सोमबार भने सुधार देखिएको छ । आज सेयर बजार परिसूचक नेप्से ९.५५ अंकले बढेर १२४१.१९ अंकमा पुगेको छ । सोमबार बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९५ अंकले बढेको छ । बजारमा व्यापारिक, विकास बैंक र फाईनान्स समूहको परिसूचकमा गिरावट देखिएपनि बाँकी सबै समूहको परिसूचक बढेको छ ।

सोबार बजारमा १७० कम्पनीको ११ लाख ८७ हजार १५२ कित्ता सेयर ५ हजार ३७१ पटक खरिदबिक्री हुँदा ४४ करोड ३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु