विश्वकप २०२६ आयोजनाका लागि यी देशको दाबेदारी अनुमोदन

एजेन्सी । आइतबार बसेको फिफा परिषदको वैठकले २०२६ को लागि फिफा वल्र्डकप आयोजन गर्ने दुई दाबेदारीलाई अनुमोदन गरेको फिफा अध्यक्ष गियानी इन्फान्टिनोले पत्रकारहरुलाई बताएका छन् । फिफाले एउटा मोरोक्को र अर्को अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त दाबेदारी अनुमोदन गरेको हो ।

फिफाले दुईवटा दाबेदारी डिजाइन गरेको छ एउटा क्यानाडियन सोक्कर एसोसिएसन, मेक्सिनक फुटबल एसोसिएन र अमेरिकी सोक्कर फेडेरेशनले संयुक्तरुपमा पेश गरेको आवेदन र अर्को मोरोक्को फुटबल एसोसिएशन । यी दुई दाबेदार पार्टीलाई ६८ औं फिफा सम्मेलनको मतदानले चयन गर्नेछ ।

१३ जुनमा मस्कोमा आयोजना हुने फिफा सम्मेलनमा राष्ट्रिय फुटबल एसोसिएसनले २०२६ को आयोजक राष्ट्रलाई चयन गर्नेछ । मोरोक्को र क्यानडाले हालसम्म फिफा विश्व कप आयोजना गरेको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु