सर्बाधिक कमार्इ गर्ने खेलाडीमा मेस्सी, रोनाल्डो र नेमार भन्दा पनि अघि

एजेन्सी । फोब्र्सले अर्जेन्टिनाका स्टार लिओनल मेस्सीलाई यसवर्षमा सर्बाधिक कमाई गर्ने खेलाडीका रुपमा सुचिकृत गरेको छ।

उक्त सुचीमा उनले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेमारलाई पछि पारेका छन्। मेस्सीले समग्रमा १ सय ११ मिलियन डलर आम्दानी गरेको फ्रोब्र्सले जनाएको छ। जसमा उनले ८४ मिलियन डलर तलब तथा भत्ताका रुपमा बुझेका छन भने थप २७ मिलियन डलर प्रायोजकहरुबाट कमाएका छन्।

समग्रको कमाईका हिसाबले रोनाल्डो मेस्सीभन्दा ३ मिलियन डलरमात्रै पछाडी छन्। रोनाल्डोले १ सय ८ मिलियन कमाई गरेको थिए। जसमा ६१ मिलियन डलर तलब र भत्ता तथा ४७ मिलियन डलर प्रायोजकहरुबाट आम्दानी गरेका छन्।
यस्तै सर्बाधिक कमाउने फुटबलरको तेस्रो स्थानमा रहेका नेमारले समग्रमा ९० मिलियन डलर आम्दानी गरेका छन्।

विश्वमा सर्बाधिक आम्दानी गर्ने पाँच खेलाडीहरुमा भने मेस्सी दोस्रो, रोनाल्डो तेस्रो र नेमार पाँचौं स्थानमा छन्। सर्बाधिक कमाई गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अमेरिकी बक्सर फ्लोड जोय मेवदर छन् भने चौथो स्थानमा आइरिसका मार्सल आर्टका खेलाडी कोनर म्याकग्रिगर छन्। मेवदरले २ सय ८५ मिलियर डलर र म्याकग्रिगरले ९९ मिलियन डलर कमाएको फ्रोब्सले उल्लेख गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु