ट्रम्फसँग शिखर वार्ता गर्न सिंगापुरमा किम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने शिखर वार्तामा सहभागी हुन जनवादी गणतन्त्र उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर आइपुगेका छन्।

ट्रम्पसँग ऐतिहासिक बैठकभन्दा दुई दिन अगाडि उनी सिंगापुर आइपुगेका हुन्। सिंगापुर अवतरण गरेलगत्तै उनले प्रधानमन्त्री ली सेन लोङसँग भेटवार्ता गर्ने सिंगापुरको विदेश मन्त्रालयलाई उदृत गर्दै चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ। ट्रम्फ–किम शिखर वार्तापछि कोरियाली प्रायद्विपमा शान्तिको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

जुन १२ अर्थात् पर्सी मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्फ र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच सेन्टोसा टापुस्थित कापिल्ला होटलमा शिखर वार्ता हुनेछ।

‘भर्खरै अाइपुगेका अध्यक्ष किम जोङ उनलाइ सिंगापुरमा स्वागत छ’, सिंगापुरका परराष्ट्रमन्त्री भीभीन बालकृष्णनले ट्विट गर्दै भनेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु