नयां पुस्ताविच संन्स्कृति र साहित्य सार्ने अभियामा जुटे अस्ट्रेलियाका वालवालिकाहरू

असनेपालन्युज ,सिड्नी । नेपाली भाषा ,साहित्य ,सन्स्कृति र अद्यात्म प्रवर्द्दनका लागि अस्ट्रेलियाबाट अनेसास वाल ईकाई (INLS Kids Club )शुरु गरिएको छ । गत महिना गरिएको वाल कविता महोत्सव पछि उनिहरूविच नियमित रचनात्मक भेला प्रारम्भ भएको छ । ध्यान , वन्दना , शान्ति प्रार्थना , योग , प्राणायाम ,कथा , कविता , भजन , गीत, चुट्किला , नेपाल ज्ञान र नैतीक शिक्षाको ज्ञान सो भेलाका आकर्षण बनेका छन्। अनेसास वाल साहित्य चिनारी भेला अन्तर्गत इकाइकी अध्यक्ष रिभा , उपाध्यक्ष बिभु सापकोटा ,महासचिव सदिक्ष्या गैरे लगायत प्राची सापकोटा , ब्राज सापकोटा लगायतले आ-आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । सिड्नीको एसफिल्ड पुस्तकालय र शान्ति पार्क एसबुरिमा विशेष रचानत्मक कार्यक्रमको सहभागिता पछि वाल उद्द्यानमा विश्व शान्तिको कामना र सकाहारि भोजन गरेर आजको कार्यक्रम टुङ्गिएको थियो । वालवालिका लाई रचनात्मक कार्यकालागि सो अवसरमा अनेसासका केन्द्रीय उपाध्यक्ष तथा शान्ति प्रवर्द्दक आचार्य राजन शर्मा(भिमसेन सापकोटा)ले विविध गतिविधि सन्चालन गर्नु भएको थियो । यस्तै नारी निकुन्ज अस्ट्रेलियाकि प्रमुख प्रतिज्ञा अधिकारी , अनेसास आजीवन सदस्य तथा अध्यात्म साधक विदुर सापकोटा “फार एन्ड अवे ‘चित्र ग्रन्थ कि लेखिका तथा फोटोग्राफर सुधीरा शाहले सो अवसरमा वलगतिविधि लाइ थप प्रेरक बनाउंन भूमिका खेल्नु बहेको थियो । वाल वालिकाका लागि एक छुट्ट्रै नैतिक र सांन्सकृतिक पाठ्यक्रम समेत बनाउंने तय भएको सो अवसरमा बताइएको थियो ।Image may contain: 15 people, including Deepak Khadka, people smiling

Comments

comments

सम्बन्धित शिर्षकहरु