विपद्को जोखिम बढ्यो, मौसमविद भन्छन्- सचेत रहनुहोस्

काठमाडौं । यसवर्ष चाँडै मनसुन सुरु बाढी, पहिरोको जोखिक बढेको छ । यसवर्ष मनसुन लामो समयसम्म अर्थात् १ सय १५ दिनसम्म सक्रिय रहने भन्दै मौसमविद्हरुले सचेत रहन आग्रह गरेका छन् ।

विगतका वर्षहरुमा विपद्को पूर्व तयारीमा ध्यान नदिँदा ठूलो क्षति बेहोर्नुपरेको थियो । जसकारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी रहन्छ भने तराई क्षेत्रमा बाढीको उच्च जोखिम देखिन्छ । डुबानका कारण कयौ घरपरिवार विस्थापित पनि हुने गर्छन् । विपद् व्यवस्थापनका लागि सरकारले उचित ध्यान नपुर्‍याएको पीडितको गुनासो छ । यस्तो अवस्थामा स्थानीय तहले पनि विपद् व्यवस्थापनमा ध्यान पुर्‍याउनु जरुरी हुन्छ जसले क्षति न्यूनिकरण गर्न सहयोग गर्छ । नेपालमा बाढी, पहिरोलगायत विपद्का कारण वर्षेनी औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृहमन्त्रालयको तथ्याकं छ ।

नेपालमा १५ सय देखि १६ सय मिलिमिटर सम्म पानी पर्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसमध्ये ८० प्रतिशत पानी मनसुनमा पर्छ । यसपाली मौसम चाँडै सुरु भएकाले सजग रहन मौसमविदुहरुले सुझाव दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु