किमसँगको शिखर वार्ताका लागि ट्रम्प सिंगापुर तर्फ

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर प्रस्थान गरेका छन् । ट्रम्पले कोरियाली नेता उनसँग जुन १२ मा ऐतिहासिक वार्ता गर्दै छन् । क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरूको संगठन जी सेभेनको बैठकपछि उनी सिंगापुर प्रस्थान गरेका हुन् ।

यसअघि बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएपछि ट्रम्पले करका विषयमा पुनर्विचार गरिने बताएका छन् । उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबने पनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन । अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु