सरकारी संरक्षणमा दैनिक उपभोग्य वस्तुको २५ प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं । कम्युनिष्ट नेतृत्वको सरकारले आउँदो आर्थिक बर्षको बजेट ल्याएसँगै दैनिक उपभोग्य वस्तुको १५ देखि २५ प्रतिशतले मुुल्य बृद्धि भएको छ । कर लाग्ने तथा नलाग्ने सबै सामानको मुुल्य ह्वात्तै बढेपछि सामान्य नागरिक मुुल्यवृद्धिको मारमा परेका छन् ।

जनहितको नारा लगाएर राजनीति गर्ने कम्युनिष्टहरुको सरकारले मृल्यवृद्धिलाई सघाउने गतिविधि गरेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । त्यसैगरी उपभोक्ता अधिकारकर्मीले पनि सरकारकै कारणले सबै चिजको मूख्य वृद्धि भएको बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष एवम् कानुन व्यवसायी ज्योती बानीयाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै मुल्यवृद्धिलाई संरक्षण दिइरहेको जिकिर गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु