जीवन रुपान्तरणका लागि सिड्नीमा निशुल्क योग , उत्प्रेरणा तथा मनोचिकित्सा शिविर

सन्जिव अर्याल । असनेपाल न्युज । बुद्द धराका अस्ट्रेलिया वासि सिर्जनशिल युवाहरुको समुह ‘रुपन्देहि समाजिक सन्जाल अस्ट्रेलिया ले जीवन रुपान्तरण , तनाव व्यवस्थापन, आरोग्यता र सकारात्मक उत्प्रेरणाका लागि एक विशेष कार्यक्रम अजमाएको छ । सन्जालका अद्यक्ष कृष्ण गैरेले असनेपा

लन्युजलाई जानकारिन गराए अनुसार संयुक्त्त राष्ट्र संघले घोषणा गरे बमोजिमको विश्व योग दिवस मनाउंने क्रममा समुदायलाई फरक तरिकाले लाभ दिलाउंने हेतुले सो कार्यक्रम जुराईएको बताउंनु भयो ।

विश्व समुदायमै जीवन रुपान्तरणको अभियान सन्चालन गरिरहनु भएका नेपाली समुदायको तर्फ बाट एक अन्तर्रास्ट्रिय उत्प्रेरक तथा योग गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा )ले सो शिविर सन्चालन गर्नु हुनेछ । “खुसी हुने कला ‘नामको सो योग तथा रुपान्तरण कार्यक्र्ममा कम समय मा बढी लाभ लिन सकिने योग आसन , जीवनलाई सुखि पार्ने सुत्र , संगितमय मनोचिकित्सा , योग विज्ञानका दिव्यदायी सूत्र सो अवसरको आकर्षण हुने योगाचार्य तथा उत्प्रेरक आचार्य राजन शर्मा बताउंनु हुन्छ ।

समुदायमा अन्य खाले गतिविधि विविध संस्थाहरूले गर्दै आए पनि तनाव रा जीवनको अन्योलताले गालीरहेको यो पुस्ता विच यो फरक कार्यक्रम राखिएको संस्थाका महासचिव तथा कवि महेश्वर शर्मा असनेपालन्युजलाई जानकारि गराउंनु हुन्छ । “खुसी हुने कला ‘नामको सो योग तथा रुपान्तरण कार्यक्र्ममा कम समय मा बढी लाभ लिन सकिने योग आसन , जीवनलाई सुखि पार्ने सुत्र , संगितामय मनोचिकित्सा , योग विज्ञानका दिव्य प्रान दायी सूत्र सो अवसरको आकर्षण हुने योगाचार्य तथा उत्प्रेरक आचार्य राजन शर्मा बताउंनु हुन्छ । निशुल्क प्रवेश रहेको सो कार्यक्रम मा नाम भने दर्ता गर्नु पर्ने आयोजक हरूको भनाई छ । आफ्नै देशको योग पद्दति र योग अभियानका प्रवर्त्तक प्रति हामी गौरवान्वित बन्दै यसबाट लाभ लिनु पर्ने गैरे असनेपालन्युजलाई बताउंनु हुन्छ ।जुन महिनाको १७ तारिख , आइतवार , दिउंसो १२ बजे , Sydney म्यारिकभिलको पि सि वाइ सि क्लवमा सो शिविर निशुल्क हुनेछ । सो कार्यक्रममा सहभागी हुन आयोजक मध्येका कृष्ण गैरे र महेश्वर शर्मालाई 0434057761 , 0425800282 संपर्क गर्न सकिने बताईएको छ ।

पल -पल हतारिएको दिनचर्या !काम-काज ,वसोवास र जीवन व्यवस्थापनले सिर्जाएका तनावका तन्द्राहरू,मानसिक र शारीरिक थकानको अचुक उपचार मिल्ने एक प्रेरणात्मक अवसरमा अवश्य जोडिन ढिला गर्न नहुने आचार्य राजन शर्मा बताउंनु हुन्छ । आफ्नै नेपाली प्राचीन योग विज्ञानको प्रयोगात्मक साधना , जीवन रुपान्तरणको उत्प्रेरणात्मक तरङ्ग र विश्व योग दिवसलाई नेपालीको तर्फबाट मनाइने एक उत्तम अवसर रहेको र कतिपय यस्ता अवसरहरू, तपाईंंको जीवनमा सकारात्मक उर्जा भर्दै जिन्दगीलाई नै रुपान्तण गरिदिने मोड बनेर पर्खिरहेका हुनसक्छन् भन्ने आयोजकको भनाई छ । सुखी र आरोग्य रहौं ,र अरूलाई पनि प्रेरित गरौं , भन्ने यो अभियानको लक्ष्य रहेको छ । यो अभियान अन्तर्गत विश्वका छु शहरमा यस्ता जागरणका कार्यक्रम सम्पन् भएका छन् भने यसबाट हजारौंले जीवनमा उज्यालो किरण थपेका छन्। विश्वका अन्य स्थानमा सम्पन्न कार्यक्रमको उत्प्रेरणात्मक भिडियो यहाँ बाट हेर्न सकिने छhttp://ausnepalnews.com/2016/08/33606.html#.WxeqdFOFNTY

Comments

comments

सम्बन्धित शिर्षकहरु