भारतको सर्वोच्च अदालतद्वारा नै रजनीकान्तको फिल्मको रिलिज रोक्न अस्वीकार

एजेन्सी । भारतको सर्वोच्च अदालतले रजनीकान्तको काला फिल्मको रिलिज रोक्न अस्वीकार गरेको छ। बिहीबार रिलिज हुने सो फिल्म रोक्न आदेश माग गर्दै अदालतमा मुद्दा परेको थियो। ‘तपाईं फिल्म रिलिजविरुद्ध आदेश चाहनुहुन्छ। तर सबैजना फिल्म रिलिजको पर्खाइमा छन्,’ अदालतले भनेको छ। रजनीकान्तले आफ्नो कपिराइट भएको सामग्री फिल्ममा प्रयोग गरेको भन्दै के एस राजशेखरन नामक व्यक्तिले मुद्दा दिएका थिए।

यही फिल्मलाई कर्नाटकमा प्रतिबन्ध लगाइने बताइएको छ। रजनीकान्तले कावेरीको पानीका बारेमा दिएको अभिव्यक्तिका कारण प्रतिबन्ध लगाइने बताइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु