आन्दोलनले आज पनि सेयर कारोबार प्रभावित

काठमाडौं । सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गरेका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे सेयर बजार अज पनि ठप्प भएकाे छ। सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा कढी रकम पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताहरुले मंगलबारदेखि आन्दोलन जारी राखेका हुन्।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सरकारको पछिल्लो निर्णय फिर्ता नलिएसम्म सेयर कारोबार हुन नदिने चेतावनी दिएका छन्। उनले सेयर कारोबार नगरी आन्दोलनमा साथ दिन सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पनि विज्ञप्तीमार्फत् आग्रह गरिएको जानकारी दिएका छन् । गत शुक्रबार आन्तरिक राजस्व विभागबाट जारी पत्र फिर्ता नभएसम्म आन्दोलनलाई यथावत राखि थप शसक्त बनाइने अर्यालले बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु