ट्रम्प किमको शिखर वार्तामा सुरक्षाका लागि खुकुरीमा सुसज्जित गोर्खा सैनिक खटाइने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जून १२ मा हुने ऐतिहासिक शिखर वार्तालाई सिंगापूरस्थित नेपाली गोर्खाली सैनिकहरुले सुरक्षा दिने बताइएको छ । दुबै राष्ट्रप्रमुखहरुले आफ्नो व्याक्तिगत सुरक्षा टोली लिएर आएपनि सिंगापूरको शिखर वार्ता परिसर, सडक, होटलमा भने नेपाली गोर्खा सैनिक र सिंगापूर प्रहरीहरुले सुरक्षा दिने सिंगापूरको भिआइपी सेक्युरिटीबारे जानाकार कूटनीतिज्ञहरुले बताएका छन् ।

नेपालबाट भर्ती भएर सिंगापुर सैनिकमा आवद्ध भएका गोर्खाली सैनिकहरु  यो सप्ताह सुरक्षा सम्मेलन आयोजना भएको सिंगापूरको सांग्रिला होटलमा सुरक्षाका लागि सक्रियपूर्वक तैनाथ थिए । सुरक्षार्थ खटिने गोर्खा सैनिकहरुले नेपाली खुकुरीको साथमा बेल्जिमद्वारा निर्मित एफएन स्कार कमब्याट एसल्ट राइफल, पेस्टोल, सुरक्षाकवज पोसाकसहित तैनाथ रहने बताइएको छ ।

तर सिंगापूर प्रहरीका प्रवक्ताले सुरक्षाका लागि खटाइने गोर्खा सैनिकहरुको संख्याबारे खुलाउन अस्वीकार गरेका छन् । आइआइएसएस मिलिटरी ब्यालेन्सकाअनुसार हाल सिंगापूर प्रहरीमा १८ सय गोर्खा सैनिकहरु कार्यरत छन् । सिंगापूर प्रहरीको वेभसाइटले गोर्खा सैनिकलाई ‘कडा, सतर्क र वफादार’ भनि व्याख्या गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु