यातायात मन्त्री महासेठको विवादास्पद निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ठूला गाडीलाई रोक लगाइएको वीपी राजमार्गमा गाडी खुला गराउने निर्णय गरेका थिए।

यातायात क्षेत्रमा एकपछि अर्को विवादास्पद निर्णय गराइरहेका महासेठको यो निर्णय सर्वोच्चको अन्तरिम आदेशका कारण केही समयका लागि भए पनि निस्तेज भएको छ।

सामेबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । त्यसविरुद्ध कैलाशराज दाहालले सर्वोच्चमा दायर गरेको रिटमा सोमबार अन्तरिम आदेश आएको हो । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले यातायात व्यवस्था विभागले सडकको स्तरोन्नती र विस्तार नभएसम्म ठूला गाडी चलाउन नहुने भनी निर्णय गरेकाले हालै मन्त्रिपरिषदले ठूला गाडीलाई दिएको इजाजतको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मन्त्रिपरिषदले २०७३ भदौ ८ गते गठित प्राविधिक समितिको सिफारिसको आधारमा उक्त सडकमा ठूला सवारी साधनलाई इजाजत दिने निर्णय गरेको थियो । तर, सर्वोच्चल समिति गठनको विषयमा परेको रिट सर्वोच्चमा विचाराधीन रहेकाले त्यसको आधारमा निर्णय गर्नु त्रुटीपूर्ण हुने ठहर गरेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु