कतारको तल्लो अदालतद्वारा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश

कतार । हत्याको अभियोगमा पक्राउ परेका एक नेपालीलाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। कतारको तल्लो अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला सुनाएको हो।

गत अप्रिलमा नुयमीको हत्याको अभियोगमा पक्राउ परेका चौधरीलाई कतारको तल्लो अदालतका न्यायाधीश अल वेदाहिवीको इजलासले गोली हानेर मृत्यु दण्ड दिने फैसला सुनाएको हो। चौधरीको जीवन रक्षाको माग गर्दै कतारस्थित नेपाली दूतावासले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ र बहसका लागि लाग्ने खर्च जुटाउन नेपाल सरकारसँँग माग समेत गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु