दक्षिण चिनियाँ समुन्द्रमा फ्रान्स र वेलायतले पनि सैन्य जहाजहरु चलाउने

एजेन्सी । विवादित दक्षिण चिनियाँ समुन्द्रमा चीनको बढ्दो सैन्य उपस्थितीलाई चुनौती दिन फ्रान्स र वेलायतले पनि त्यस समुन्द्रमा आफ्नो सैन्य जहाजहरु चलाउने दुई देशका रक्षा मन्त्रीहरुले आइतबार बताएका छन् ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का स्थायी सदस्य रहेका यी दुई राष्ट्रले सिंगापुरको सांग्रीला वैठकमा त्यस्तो बताएका हुन् । यस अघि अमेरिकाले पनि विश्विको जल अपरेशन स्वतन्त्रताको हवाला दिदैँ उक्त क्षेत्रमा आफ्नो युद्धक जहाजहरु चलाउने निर्णय सुनाएको थियो ।

फ्रान्सको जल कार्यदल, वेलायती हेलिकप्टर र जहाजहरु सहित अर्को हप्ता सिंगापुरको भ्रमणमा निस्कने र उक्त सागरका केही क्षेत्रहरुमा अपरेशन चलाउने फ्रान्सेली सैन्य फौज मन्त्री फ्लोरेन्स पार्लीले सिंगापुरमा आयोजित उक्त वार्षिक रक्षा फोरममा बताईन् ।

चीनको नाम उल्लेख नगरी उनले ती युद्धक जहाजहरुले बेईजिङले दाबी गर्दै आएको जल क्षेत्रलाई पार गरेर जाने बताईन् ।

चीनले उक्त सागरको ९० प्रतिशतभन्दा धेरै भुभागहरु आफ्नो दाबी गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु