पाकिस्तानी ‘चियावाला’ पछि भाइरल भए यी ‘तरबुजावाला’

एजेन्सी । पाकिस्तानमा कुनै समय एक चियावालाले खूब ख्याती कमाएका थिए । अरशद खान नाम गरेका ती युवक रातारात मोडल बने र उनको म्युजिक एल्बम पनि आएको थियो । अहिले पुनः एक नयाँ साधारण युवा मोडल बन्ने तयारीमा छन् । हाल सामाजिक सञ्जालमा पाकिस्तानका एकजना तरबुजावालाको तस्वीर भाइरल भएको छ ।

पाकिस्तानी समाचार वेभसाइट पार्ह्लो डट कमको अनुसार कराँचीमा ती व्यक्ति तरबुजा काटिरहेका थिए । त्यतिबेला उनको तस्वीर लिइएको थियो । तस्वीरमा उनको मिठो मुस्कान र निलो आँखालाई धेरैले मन पराएका छन् । ट्वीटरमा उनको तस्वीर निकै भाइरल भएको छ । अधिकांश महिलाहरुले उनको तस्वीर शेयर गरेका छन् । धेरैले यी तरबुजावाला यस अघिका चियावाला भन्दा पनि स्मार्ट भएको लेखेका छन् ।

यसरी तरबुजावालाको तस्वीर भाइरल भएपछि मुहम्मद इंशाल नामका एक व्याक्तिले फेसबुकमा फोटो शेयर गर्दै लेखेका छन्, ‘भाइहरु यो कुनै तरबुजावाला हैन । वास्तवमा यो मेरो साथी हो र चाँडै नै डक्टर बन्दैछ । सामाजिक सञ्जालमा फेमस पर्सनालिटी बनिसकेको छ ।’

तरबुजावालाको वास्तविक नाम मोहम्मद ओवेज हो । उनी कराँचीस्थित जियाउद्दीन कलेजमा एमबीबीएस अध्ययन गर्दैछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु