ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै भेटवार्ता हुने बताएका  छन् । उत्तर कोरियाली नेता किमले पठाएको पत्र पाएपछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै सिंगापुरमा भेटवार्ता हुने बताएका  हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता रद्द भएको घोषणा गरेका  थिए। राष्ट्रपति ट्रम्पले सिंगापुरमा हुने भेटवार्तामा कोरियाली युद्धको औपचारिक समापन गर्ने विषयमा छलफल हुने बताएका  छन् । कोरियाली देशबीच सन् १९५० देखि १९५३ सम्म संघर्ष भएपनि शान्ति सम्झौता भने हुन सकेको छैन, अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु