प्रधानमन्त्री ओलीले तोडे ‘बचन’ फोरमबाट मन्त्री थप्दा ईश्वर र गोकुलको बढुवा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्नुका साथै दुई उपप्रधानमन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले रक्षामन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरमबाट नवनियुक्त स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

अब प्रधानमन्त्री पछिको दोस्रो बरियतामा उपप्रधान तथा रक्षमन्त्री इश्वर पोखरेल र तेस्रो बरियतामा उपप्रधान तथा स्वास्थय मन्त्री उपेन्द्र यादव रहनेछन् । यसअघि तेस्रो बरियतामा रहेका गृहमन्त्री रामबहादुर थापा उपेन्द्रभन्दा पछि परेका छन् । यादवले शुक्रबार साँझ स्वास्थ्य एवम् उपप्रधानमन्त्रीमा सपथ लिएका हुन् ।

यसअघि रक्षामन्त्री मात्रै रहेका पोखरेल शुक्रबारदेखि उपप्रधानमन्त्रीमा बढुवा भएका छन् । फोरम अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान लिए । थापा तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

अहिले दुबै दलबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि पोखरेल मात्र उपप्रधानमन्त्री बनेका छन् ।
यसैबीच, मोहम्मद इस्तियाक राइन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । यसअघि बास्कोटा राज्यमन्त्री थिए । फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु