अष्ट्रेलियाको पासपोर्ट लिनेहरुका लागि नयाँ नियम, के-के नियम फेरियो ?

अष्ट्रेलिया । पासपोर्टमा थप सुरक्षा र कडाइको लागि अष्ट्रेलिया सरकारले अष्ट्रेलियाको पासपोर्ट लिनेहरुका लागि नयाँ नियम लागु गरेको छ । पासपोर्टमा थप सुरक्षा र कडाइको लागि नयाँ नियम ल्याइएको बताइएको छ ।

लागु गरेको नयाँ नियम अनुसार, अबदेखि अष्ट्रेलियाको पासपोर्टमा चस्मा लगाएको फोटो मान्य हुनेछैन । यसअघि साधारण चस्मा लगाएको फोटो मान्य हुने प्रचलन थियो । फोटोमा कुनै पनि प्रकारको छायाँ भएमा उक्त फोटो पासपोर्टको लागि स्वीकार हुनेछैन । फोटोमा, अनुहारमा या पछाडीको पर्दामा कतै पनि छायाँ देखिन नहुने बताइएको छ । अब देखि मेडिकल रुपमा चस्मा खोल्नै नहुने अवस्थामा मात्र डाक्टरको सिफारिस भएमा फोटो मान्य हुनेछ । यो नियम आगामी जुलाई १ तारिख देखि लागु हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु