जेरुसेलमको मैत्रीपूर्ण खेल रद्द गर्न अर्जेन्टिनालाई पेलेस्टाइनको आग्रह

एजेन्सी । पेलेस्टाइन फुटबल संगठनले अर्जेन्टिनालाई आगामी महिना जेरुसेलममा आयोजना हुने इजरायलसँगको उसको मैत्रीपूर्ण खेललाई रद्द गर्न भनेको छ । सोमबार अर्जेन्टिना फुटबल संगठन, दक्षिण अमेरिका फुटबल कन्फेडेरेशन र फिफालाई लेखेको पठाएको पत्रमा पिएफएका अध्यक्ष जिब्रिल राजौबले खेल आयोजना हुने स्थानको विरोध गरेका छन् ।

राजौबले इजरायलमाथि खेललाई राजनीतिकरण गरेको आरोप लगाएका छन् । उनले ९ जुनमा खेल आयोजना हुने टेड्डी स्टेडियममा इजरायल स्थापना हुनु अघि १९४८ मा त्यस क्षेत्रमा पेलेस्टाइनी आवादी भएको र त्यसालई इजरायली फौजहरुले ध्वस्त बनाएको बताएका छन् ।

उनले इजरायलले खेलको सिदान्तलाई सञ्चालन गर्ने अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित कदम चालिरहेको भन्दै उक्त आगामी म्याचले अर्जेन्टिनाको खेल र नैतिक सम्मानलाई उल्लेख गर्ने बताएका छन्।

अर्जेन्टिना यसैवर्ष जुन १४ मा रसियाद्वारा आयोजना हुने फिफा विश्व कपमा प्रतिस्पर्धामा उत्रिदैछ भने इजरायल उक्त टुर्नामेन्टमा चयन हुन असक्षम रह्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु