अब विवाहमा आफ्नो तरिकाले खर्च गर्न नपाइने,ध्यान दिनुहोस् सुन जफत वा परिएला जेल

काठमाडौं । अब मनपरी तरिकाले विवाहमा दाइजो दिन नपाइने भएको छ । गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख गरेसँगै अब समाजमा मै हुँ भन्नेहरुलाई भने कडा धक्का लागेको छ ।

दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरीरहेको छ । दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो।

विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ। त्यस्तै विवाहमा बोलाइएका व्यक्तिले अब उपरान्त ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्थामा समेत उल्लेख छ ।

ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने छन्। विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ भने बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।

विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ। तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ। बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु