शीर्ष अमेरिकी कूटनीतिज्ञलाई भेनेजुएलाले गर्यो देश निकाला

एजेन्सी । भेनेजुएलाको चुनावसँगै अमेरिकाले लगाएको नयाँ प्रतिबन्धपछि राष्ट्रपति निकोलस मादुरोले शीर्ष अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिएका छन् । आइतबारको चुनाव परिणामको घोषणापछि मादुरोले देशव्यापि प्रशारण हुने टेलिभिजनमा त्यस्तो कदमको आदेश दिएका हुन् ।

राष्ट्रपति मादुरोले शीर्ष कूटनीतिज्ञ टोड रोबिनसन र उनका सहायक ब्रायन नारानजोलाई देश छोड्ने ४८ घण्टाको अल्टिमेटम दिएका छन् । उनले भने,‘अब हामीलाई यो साम्राज्यले दबाउन सक्दैन, हामी तिमीहरुको षडयन्त्रबाट अघाइसकेका छौं ।’

राष्ट्रपति मादुरोले अमेरिकाले विभिन्न सरकार विपक्षी उम्मेद्वारहरुलाई चुनावमा भाग नलिन दबाब दिएर राष्ट्रपतिय चुनावलाई भंग गर्न षडयन्त्र गरेको आरोप लगाएका छन् । साथै उनले ब्रायन नारानजोलाई अमेरिकी गुप्तचर निकाय सिआइएको भेनेजुएलस्थित प्रमुख भएको बताएका छन् ।

उक्त चुनावालाई प्रमुख प्रतिपक्षी दलहरुले बहिष्कार गरेका थिए साथै अन्तराष्ट्रिय समुदायले पनि भर्त्सना गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु