विवेकानन्द देखि क्राइष्ट र मोहम्मद तथा अन्य सबै आस्थाका प्रतिकहरूको तस्वीर एकै ठाउँमा

सन्जिव अर्याल-असनेपाल न्युज, फिजि । विश्वका विभिन्न कुनामा धर्मका नाममा कलह, झै-झगडा र युद्ध समेत हुने गरेको खबरहरू हामीले बेलाबखत सुन्दै अाएका छाैँ । अाफुले मान्दै अाएको धर्म बाहेक अरू धर्मप्रति पनि अादर र सम्मान गर्न सकिएमा यस्ता धार्मिक कलहहरूको अन्त्य गर्न सकिन्छ । यस्तै उच्च विचारलार्इ अात्मसाथ गर्दै रामाकृष्ण मिसनले विश्वका विभिन्न ठाउँहरूमा स्कुल तथा क्याम्पसहरूको स्थापना गरेको छ । यसरी स्थापना भएका स्कुल र कलेजहरूमध्ये फिजि को स्वामि विवेकानन्द महाविद्द्यलयमा पनि एक हो ।

यस महाविद्द्यलयलार्इ रामाकृष्ण मिसन, फिजिले सन् १९४९ मा स्थापना गरेर हाल सम्म पनि व्यवस्थित गरीरहेको छ । रामाकृष्ण मिसन, फिजि विश्ववयापी रामाकृष्ण मिसनको एउटा शाखा पनि हो । महाविद्द्यलयमा विध्यार्थीहरूमा अापसी सद्भाव र सहिष्णुणता जगाउन विभिन्न सैद्धान्तिक र व्यवहारिक ज्ञानहरू बाँढिन्छ ।  क्याम्पसको प्राथना स्थलमा विवेकानन्द देखि क्राइष्ट र मोहम्मद तथा अन्य सबै आस्थाका प्रतिकहरूको तस्वीर राखिएको छ जस्ले सबै धर्मप्रतिको अादर र सम्मानलार्इ झल्काएको छ ।

फिजिको नाडि शहरबाट ४ कि.मी भित्र मलोलो भन्ने ठाउँमा अवस्थित यो स्कुल फिजिकै पहिलो निजि माध्यमिक विद्यालय पनि हो । ” उठ, जाग र लभ्य प्राप्ति नभएसम्म नरोकिउ ” महाविद्द्यलयको मुल मन्त्र रहेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु