सिड्नीमा “तीज मेला २०१८” को अायोजना हुँदै

सिड्नी । हिन्दु महिलाहरूको महान चाड हरीतालिका तीजलार्इ मध्यनजर गर्दै मायालु इन्टरटेन्मेन्ट्सले “तीज मेला २०१८” को अायोजना गर्ने भएको छ । कार्यक्रम चर्चित गायीका कोमल अोली, शान्ति श्री परीयार तथा गायक तेजस रेग्मि र अन्य स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले रोमान्चित हुने अायोजकले बताएका छन् ।

कार्यक्रममा स्वादिष्ट मौलिक नेपाली खानाका परिकारहरु, नाचगान तथा बालबालिकाहरुका लागि बिभिन्न खेल तथा अन्य थुप्रै मनोरन्जनात्क आकर्षणहरु रहने बताइएको छ । नेपालमै अायोजना हुने मेलाको झल्को दिन अायोजना गर्न लागीएको यस कार्यक्रम अाउँदाे अगस्ट ११ का दिन मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म अायोजना हुने भएको हो । कार्यक्रममा निशुल्क सहभागी हुन सकिने बताइएको छ ।

कार्यक्रम केम्ट फिल्ड पार्क (अलवा स्टेसनबाट हिडेर १ मिनेट पर ), हर्ष्टभेलमा अायोजना हुने बताइएको छ । कार्यक्रमा अायोजनामा सियोन इन्टरटेनमेन्ट, नेपिण्डो फ्युजन ग्रुप, कमेरो इभेन्ट्स लगायतको उल्लेखनीय भुमीका रहेको छ । कार्यक्रम प्रायोजनका लागी इच्छुकले निम्नलिखित नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

विष्णु  – ०४०६७८०४६८

विषम् – ०४७०२८८०७८

सागर – ०४५१६३४७२२

समिर अाचार्य – ०४११३२९२५१

Comments

comments

सम्बन्धित शिर्षकहरु